५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ फुटबल टिमको प्रशिक्षकमा सुनिल श्रेष्ठ तथा यू-१६ मा रवीन्द्र सिलाकार नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ र यू-१६ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

सोमबार एन्फाले यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र यू-१६ को मुख्य प्रशिक्षकमा रवीन्द्र सिलाकारलाई नियुक्त गरेको हो ।

एन्फाका महासचिव किरण राईले दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि सुनिल र रवीन्द्रलाई एन्फाले प्रशिक्षक बनाएको हो । सुनिल श्रेष्ठ शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक थिए भने रविन्द्र सिलाकार संकटाका प्रशिक्षक थिए ।

यस्तै, यु-१९ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन् । टिम म्यानेजरमा भने दिवाकर घले रहनेछन् ।

त्यसैगरी यू-१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे र गोलकिपर प्रशिक्षकमा गंगाराम देउजा नियुक्त भएका छन् ।

अब सुनिल श्रेष्ठले आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यू-१९ टोलीको प्रशिक्षण सम्हाल्नेछन् भने रवीन्द्रले सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपाली यू–१६ टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।

साफले सोमबार यू-१९ साफ र यू-१६ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको थियो । साफ यू-१९ मा नेपाल पाकिस्तान र माल्दिभ्स समूह ए मा छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ ।

यस्तै ,साफ यू-१६ मा नेपाल साविक विजेता भारत र बंगलादेशसँगै समूह ए मा परेको छ । नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ ।