२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय छलफलमा एमालेका नेता नेपाललाई पनि बोलाइयो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति निवासमा बस्ने सर्वदलीय छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ। शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने सर्वदलीय छलफलमा नेता नेपाललाई पनि बोलाइएको हो ।

शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतलाई खबर गरिएको कांग्रेसका एक पदाधिकारीले बताए। 

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले चालेकोले कदम अरू दलहरूसँग पनि छलफल गरेर आवश्यक रणनीति तय गर्नुपरेको हो।