२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा बाघको आक्रमणबाट एक युवाको मृत्यु



फाईल फोटो
अ+ अ-

चितवन । पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।