२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

काँग्रेस सभापति देउवाको निबासमा बिपक्षी गठबन्धनको बैठक बस्दै

काँग्रेस सभापति देउवाको निबासमा बिपक्षी गठबन्धनको बैठक बस्दै
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपतिको असंवैधानिक कदमलाई परास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो । 

बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमाथि जालसाझी गर्ने काम भएको निष्कर्षका साथ त्यस विरुद्ध एकजुट हुने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “ प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको छ । नेपाली कांग्रेसले यसको विरोध गर्छ ।  प्रधानमन्त्रीले राजीनामा गरेको छैन , प्रधानमन्त्री अपदस्त भएको छैन । प्रधानमन्त्री हुँदा हुदै अर्को प्रधानमन्त्रीको लागि थोरै समय दिएर अर्कौ प्रधानमन्त्रीको लागि आव्हान गरेको थियो भन्ने पार्नलाई संविधानमाथि जुन जालसाझी भईरहेको छ, नेपाली कांग्रेस यसको विरुद्धमा एकमत भएर उभिन्छ । हामी संविधान बचाउनका लागि सबै पार्टीसंग कुरा भईरहेको छ । कुरा गरेर ठोस कदम चाल्छौ ।”

त्यसैगरी सहमहामन्त्री प्रकाशशरण महतले पटक पटक संविधानको मर्म र भावनालाई कुल्चिने काम सरकारबाट भएको र पछिल्लो घटनाक्रम पनि त्यसकै निरन्तरता भएको भन्दै त्यस विरुद्ध लड्नका लागि दलहरुसंग सबै विकल्पबारे छलफल गर्ने निर्णय बैठकमा भएको बताउनुभयो । उहाँले भन्नुभयो “संविधानको ७६, ५ अनुसार सरकार बनाउन जुन आव्हान गरिएको छ ।

संविधानको मर्म र भावनालाई फेरि पनि वेवास्ता गरेको हाम्रो ठहर छ । ७६, ३ अन्र्तगत बनेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास उहाँलाई नभएपछि उहाँले राजीनामा दिनुपथ्र्यों । राजीनामा दिएपछि ७६, ५ को प्रक्रिया अघि बढाएर यथेष्ट समय दिए राष्ट्रपतिले अर्को सरकार बनाउने प्रक्रियालाई अगाडि बढाउनुपथ्र्यो । र निरन्तर रुपमा संविधानको मर्म र भावनालाई कुल्चिने काम धेरै अगाडि देखि प्रधानमन्त्रीको नेतृत्वमा यो सरकारले गर्दै आएको छ । त्यसमा राष्ट्रपतिले पनि  पटक पटक त्यो किसिमको प्रवृति देखाएको स्पष्टै छ । यो हाम्रो निष्कर्ष हो ।

संगसंगै सबै विकल्पमा हामी छलफल गर्छौ । लोकतन्त्रको रक्षाको लागि र ओली सरकारले संविधानको मुल भावना र मर्मलाई एकपछि अर्को गर्दै कमजोर पार्ने कोशिस भईरहेको छ । त्यो प्रवृत्तिलाई हावी हुन नदिनका लागि सबै विकल्पमा छलफल गरेर हामी निषकर्षमा पुग्छौ। ” घोर जालसाझी गरका हामी अन्य दलहरुसंगको छलफबाट कसरी अघि बढ्ने । यसैबीच,कांग्रेसले आव्हान गरेको सर्वदलिय बैठक अहिले केही बेरपछि देउवा निवासमा बस्दैछ । बैठकका लागि अहिले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि बुढानिलकण्ठ पुगिसक्नुभएको छ ।