२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर नलिनचोकमा भयानक दुर्घटनाः चार वटा गाडी आपसमा ठोक्किए, तीन जना घाइते



अ+ अ-

काठमाडौं । शुक्रबार बिहान सूर्यविनायक नगरपालिका ९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरू ट्रकमा सवार थिए । बिहान साँढे ७ जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठक्किएका थिए।

सो दुइटा सवारीसाधन ठक्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठोक्किन पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएके हो । 

०१-०२२ च ०९३९  नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो। स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो। 

घाइतेहरूकको डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।