२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्याको जन्मदिनमा पोस्टर टाँस्न पोलमा चढेका दुई फ्यानको करेन्ट लागेर निधन



अ+ अ-

एजेन्सी । साउथका चर्चित अभिनेता सूर्याले २३ जुलाईमा आफ्नो जन्मदिन मनाउँदै थिए । यसैबीच उनको पोस्टर लगाउन पोलमा चढेका दुई फ्यानको दुःखद मृत्यु भएको छ ।

उनीहरु दुवैको करेन्ट लागेर मृत्यु भएको हो । यो घटना आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाको हो ।

दुवै फ्यान कलेज पढ्न गएका थिए । उनीहरु दुवैले सूर्याको पोस्टर लगाउन खोज्दै गर्दा बिजुलीको तारमा फलामको रड ठोक्कियो । दुवै युवाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि पठाएको छ ।

पाल्नाडु जिल्लाको मोपुलावरीपालम गाउँमा पोलुरी साई र नक्का वेंकटेश नामका दुई जना पुरुष सूर्याको जन्मदिनको झण्डा फहराउन पोलमा चढे । फ्लेक्समा फलामको रड जोडिएको थियो । सोही क्रममा रड ओभरहेड बिजुलीको तारसँग सम्पर्कमा आएको थियो ।

मृत्यु भएका पोलुरी साईकी बहिनी अनन्याले दाईको मृत्युको लागि कलेज प्रशासनलाई दोष दिएकी छिन् । एएनआईसँग कुरा गर्दै उनले भनिन्, ‘हामीले कलेजका लागि धेरै शुल्क तिर्छौँ । कलेजमा भर्ना हुनु अघि, उनीहरूले हामीलाई विद्यार्थीहरू सुरक्षित रहने र अनुगमन गरिने आश्वासन दिन्छन् । तर कलेज होस्टेलमा न त विद्यार्थीहरुको अनुगमन छ न त उनीहरुको सुरक्षाका लागि कुनै पहल भएको छ ।’

सूर्या हिजो ४८ वर्षका भए । उनको जन्मदिनमा उनको आगामी फिल्म ‘कंगुवा’को पहिलो झलक सार्वजनिक भएको छ । यसमा सूर्या योद्धाको भूमिकामा देखिएका छन् । यो हेरेपछि यो फिल्म एक्सन दृश्यले भरिपूर्ण हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ ।