३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नक्कली भूटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताउनु भयो । उहाँले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताउनु भयो । उहाँले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासिन दलहरुबाट भ्रष्टाचारका घटनाहरु हुन थाले । संसदीय व्यवस्था सँगसँगै पँझेरो भित्रियो । सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो । आज को छ भ्रष्टाचारी होइन, को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ । भ्रष्टाचार हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला अब हाम्रो वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ । वडा अध्यक्षले योजना तोक्ने वडा अध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडा अध्यक्षको सालोले ५१ सय लिने । यता घटना आज शुरु भएका छन् । यो भ्रष्टाचारका गतिविधिलाई सचेतता पूर्वक नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

‘नक्कली भूटानी शरणार्थी काण्डको बारेमा संसदमा मैले नै पहिलो कुरा उठाएको हो । त्यो बेला प्रतिपक्ष दलका प्रमुख सचेतकले हाम्रा नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो । अपराध गर्ने मान्छे अपराधको नजरमा सांसद मन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्छ भनेको थिएँ । आज त्यो भूटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्ले छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन । यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ ।’

उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताउनु भयो ।