१० माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी टिप्सहरु जसले प्रेम सम्बन्धलाई मिठास बनाउँछ



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । प्रेम एक धेरै सुन्दर र फरक अनुभूति हो । तर प्रायजसो केसमा यस्तो देखिन्छ कि सुरुमा मानिसहरू पार्टनरलाई धेरै ध्यान दिन्छन् तर समय बित्दै जाँदा प्रेम र रोमान्स कम हुन थाल्छ ।

सानातिना झगडा ठूला झगडामा परिणत हुन थाल्छ, यस्तो बहस सुरु हुन्छ कि अन्ततः वार्तालाप नै रोकिनुपर्छ र केही समयपछि छुट्टिनु नै सजिलो उपाय हो जस्तो लाग्छ ।

तर, आज यहाँ यस्ता टिप्सबारे चर्चा गरौं जसको पालना गरेर तपाईले आफ्नो सम्बन्धलाई उतार चढावमा पनि सुरक्षित राख्न सक्नुहुन्छ ।

एक अर्कालाई समय दिनु जरुरी छ
प्रेमको सुरुवातमा एकअर्कासँग समय बिताउन राम्रो हुन्छ । एक वा दुई घण्टा कहिले बित्छ थाहा हुँदैन, तर समय बित्दै जाँदा मानिसहरूले आफ्नो पार्टनरलाई सामान्य रूपमा लिन थाल्छन् । पुरानो सम्बन्धलाई बढी समय दिनु आवश्यक नरहेको उनीहरुको बुझाइ छ, जुन गलत हो । वास्तवमा, जब हामी पार्टनरसँग बिताएको समय कम गर्छौं, तब यी दुरीहरू धेरै बढ्छ, जुन तनावको कारण बन्छ । त्यसैले आफ्नो पार्टनरको लागि आफ्नो व्यस्त तालिकाबाट केही समय निकाल्नुहोस् र उनीसँग कुरा गर्नुहोस् जसले तनाव कम गर्न काम गर्छ ।

झगडा हुँदा टाढा नजानुहोस्
हरेक दम्पतीमा झगडा हुनु सामान्य कुरा हो तर सबैभन्दा ठूलो गल्ती भनेको यसलाई लिएर कुरा गर्न छोड्नु हो । जबकि सहि उपाय भनेको आफ्नो गल्ती स्विकारेर माफी मागेर झगडा मिलाउनु हो । यदि तपाइँ कुरा गर्ने मुडमा हुनुहुन्न भने, खाना सँगै खाने प्रयास गर्नुहोस् । यसले झगडा चाँडै समाप्त पार्दछ ।

आफ्नो पार्टनरमाथि अरु कसैको रिस ननिकाल्नुस्
धेरैको बानी हुन्छ कि आफूले कसैको रिस अर्कामाथि निकाल्ने हुन्छ । खासगरी श्रीमान्–श्रीमतीबीच यस्तो कुरा बढी देखिने गर्छ । धेरै पटक यस्तो पनि हुन्छ कि पार्टनरले अफिसको टेन्सन घरमै निकाल्छन् । यदि तपाइँ पनि यसो गर्नुहुन्छ भने, विश्वास गर्नुहोस् यसले तपाइँको सम्बन्ध बिगार्न सक्छ ।