७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भनी दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्राट, समिर र रागब भन्ने राजु परियारलाई ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभुबाट यही साउन ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुले निवेदकहरू मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, विशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर समेतका दर्जनभन्दा बढी व्यक्तिलाई आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताई लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदुषण जाँचपास गराइदिने लगायतका कार्यहरू गरी दिन्छु भनी विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको गहना (औठी समेत) जबरजस्ती लिई जम्मा रु चार लाख ३० हजार ठगी गरेका थिए ।

साथै ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक ब्रम्हा रिसाललाई मिति साउन ७ गते काठमाडौ महानगरपालिका–१३ कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निजहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।