२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत नपुगोस् भन्नका लागि दलहरु भित्रै विग्रह सिर्जना भयो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुभित्रै विग्रह सिर्जना भएको बताउनुभएको छ । 

शुक्रबार दिउँसो पत्रकार सम्मेलनमा बोल्दै ओलीले विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुले मर्यादा, अनुशासन, लोकतान्त्रिक मूल्य मान्यता पनि छोडेर दलभित्रै विग्रह सिर्जना भएको आरोप लगाउनुभएको हो ।

उहाँले प्रश्न गर्नुभयो, "सत्ताइस-सत्ताइस जना मान्छे गुटगत हिसाबले, अनुशासनहिन ढंगले उपस्थित हुने र दलभित्रबाटै विपक्षीसँग मिलेर सरकार ढाल्न खोज्नेलाई लोकतन्त्रमा के भनिन्छ ?"