२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलहरुको निष्कर्ष : तीन बजे उचित निर्णय गरिन्छ



file
अ+ अ-

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूह समेतको भर्खरै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी बैठकले तीन बजे उचित निर्णय गर्ने निष्कर्ष निकालेको छ । 

बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको बताइएको छ । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोको राष्ट्रपतिको कदममा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।

उता काँग्रेस नेता रामचन्द्र पौडेलले ३ बजे काँग्रेस संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने सहमति भएको बताए । बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने  निर्णय भएको उनको भनाइ छ । 

सो विपक्षीहरुको बैठकले सरकारको कदमलाई असंवैधानिक ठहर गरेको छ ।  त्यसबारे के गर्ने भन्नेबारे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर आवश्यक कदम चालिने नेता पौडेलले बताए । 

बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ । यी सम्पूर्ण विषयमा छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ । संयुक्त बैठकअघि   माधव नेपाल, माओवादी र जसपाको उपेन्द्र समूहबीच पनि छुट्टै छलफल हुनेछ ।