काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आग्रह गरेका छन् । बालुवाटारमा अहिले जारी पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् ।
उनले सबैभन्दा पहिले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिए । तर त्यसो हुन नसके आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह पनि गरे ।
उनले भने, 'वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ । कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे ।











