१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीबाट बाढीले बगाएका बालक अझै भेटिएनन्, चोभारसम्म खोजी गरिँदै



अ+ अ-

काठमाडौँ । आइतबार सामाखुसीमा बाढीले बगाएका बालक अझै फेला परेका छैनन्। आइतबार अपराह्न साढे ४ बजे सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

विद्यालयबाट घर आएर खेल्न निस्किएका उनी काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीको अनुसार उनी सोमबार बिहान ११ बजेसम्म फेला परेका छैनन्। उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको छ ।

बेपत्ता बालकको  खोजिकार्यमा अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका एसएसपी मैनालीले जनाए । विपद् उद्धार महाशाखा सामाखुसीबाट पनि २५ जनाको टोली खटाईएको छ।

उनको खोजी गर्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ। यस्तै, डेडिकेटेड टिम ४५ जना खटिएका र बागमतीआसपास कालिमाटी र कीर्तिपुर एरियासम्म खोजिकार्य जारी रहेको मैनालीले बताए ।