२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार भगवान शिवको पूजा–आराधना गर्नुहोस्



अ+ अ-

काठमाडौँ । सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । यद्यपि, शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन् ।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुबैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।

शिवको नामको प्रभावः
सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ ।

ऊं अघोराय नमः

ऊं शर्वाय नमः

ऊं विरूपाक्षाय नमः

ऊं विश्वरूपिणे नमः

ऊं त्र्यम्बकाय नमः

ऊं कपर्दिने नमः

ऊं भैरवाय नमः

ऊं शूलपाणये नमः

ऊं ईशानाय नमः

ऊं महेश्वराय नमः

शिव पूजा विधि
सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ ।

मन्त्र जप्नुस्ः
ऊं नमः शिवाय,
नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः
ऊंनमो नीलकण्ठाय
ऊं पार्वतीपतये नमः
ऊं पशुपतये नमः