२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता



अ+ अ-

एजेन्सी । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिनुभयो ।

सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिनुभयो ।

एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । बर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।

रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिनुभयो ।

रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ ।