२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता



अ+ अ-

एजेन्सी । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिनुभयो ।

सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिनुभयो ।

एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । बर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।

रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिनुभयो ।

रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ ।