२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमा दाबी गर्दै देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गर्नुभएको छ ।

देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेका हुन् ।

हिजो (बिहीबार)राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी रहेको बताइएको छ ।

यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा चार पक्षका शीर्ष नेताहरुको बैठक जारी छ ।

देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेका हुन् ।