४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्ः जीवन परियार

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्ः जीवन परियार
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनु भयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षिय रुपमा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रिय समितिको बैठकमा आएका कुराहरु मान्ने हो भने, यदी कुरा सत्य हो त हामीले पार्टीका सबै संयन्त्र ठिकठाक छन् त ? त्यो पनि भनौँ । अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने त्यो पनि भनौैँ । पार्टीको सुधार गर्न, बहश गर्न, छलफल हुन हुँदैन भने त्यो पनि भनौँ । पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्नसक्छौँ त ? बिचारणीय छ । भ्रातृ संस्थाको अवस्था के छ ? कति समय भयो पूर्णता नपाएको ? जनसम्पर्क समितिको अवस्था के छ ? विभाग गठन किन हुन सकिरहेको छैन ? कार्यसमितिको पूर्णता किन हुन सकिरहेको छैन ? पार्टी केन्द्रलाई प्रश्न गरेका छन् । अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ, किसान महासंघ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षिय भयो भन्ने व्यापक गुनासो छ । तसर्थ गठन हुन बाँकी रहेका भ्रातृ संस्थाहरुका बारेमा सन्तुलन कायम गरियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

उहाँले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगेपनि पार्टीलाई कुनै फाइदा नपुगेको बताउनु भयो । उहाँले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरुको कुरा सुन्ने रुचीमा ह्रास आउँदै गएको बताउन ुभयो ।

उहाँले भन्नुभो – ‘आज बैठकको लाइभ गरेर हामीले हाम्रा कुरा सुनिरहेका छौँ । फेसबुक लाइकको भ्युअर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो छ । दिनप्रतिदिन फेसबुक लाइभ हेर्नेको संख्या घटेको छ । यसबाट आम समुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास हुँदै गएको देखाउँछ । यस तथ्यलाई हृदयंगम गरुम् । अब हाम्रा कार्यक्रमहरु आफ्ना कुरा सुनाउने भन्दापनि आम जनताको कुरा सुन्ने र तिनको सम्बोधन गर्नेतर्फ लक्षित गरौँ । यो लाइभले व्यक्तिलाई फाइदा पुग्छ । तर सिंगो पार्टीलाई कुनै फाइदा पुगेको छैन । म र मजस्ता लाखौँको प्रश्न छ । यो फेसबुक लाइभले हामी केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई परिचित गराउने काम ग¥यो । यो पक्ष सकारात्मक हुनसक्छ ।’

सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाउनु भयो ।