२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्ः जीवन परियार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनु भयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षिय रुपमा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रिय समितिको बैठकमा आएका कुराहरु मान्ने हो भने, यदी कुरा सत्य हो त हामीले पार्टीका सबै संयन्त्र ठिकठाक छन् त ? त्यो पनि भनौँ । अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने त्यो पनि भनौैँ । पार्टीको सुधार गर्न, बहश गर्न, छलफल हुन हुँदैन भने त्यो पनि भनौँ । पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्नसक्छौँ त ? बिचारणीय छ । भ्रातृ संस्थाको अवस्था के छ ? कति समय भयो पूर्णता नपाएको ? जनसम्पर्क समितिको अवस्था के छ ? विभाग गठन किन हुन सकिरहेको छैन ? कार्यसमितिको पूर्णता किन हुन सकिरहेको छैन ? पार्टी केन्द्रलाई प्रश्न गरेका छन् । अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ, किसान महासंघ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षिय भयो भन्ने व्यापक गुनासो छ । तसर्थ गठन हुन बाँकी रहेका भ्रातृ संस्थाहरुका बारेमा सन्तुलन कायम गरियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

उहाँले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगेपनि पार्टीलाई कुनै फाइदा नपुगेको बताउनु भयो । उहाँले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरुको कुरा सुन्ने रुचीमा ह्रास आउँदै गएको बताउन ुभयो ।

उहाँले भन्नुभो – ‘आज बैठकको लाइभ गरेर हामीले हाम्रा कुरा सुनिरहेका छौँ । फेसबुक लाइकको भ्युअर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो छ । दिनप्रतिदिन फेसबुक लाइभ हेर्नेको संख्या घटेको छ । यसबाट आम समुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास हुँदै गएको देखाउँछ । यस तथ्यलाई हृदयंगम गरुम् । अब हाम्रा कार्यक्रमहरु आफ्ना कुरा सुनाउने भन्दापनि आम जनताको कुरा सुन्ने र तिनको सम्बोधन गर्नेतर्फ लक्षित गरौँ । यो लाइभले व्यक्तिलाई फाइदा पुग्छ । तर सिंगो पार्टीलाई कुनै फाइदा पुगेको छैन । म र मजस्ता लाखौँको प्रश्न छ । यो फेसबुक लाइभले हामी केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई परिचित गराउने काम ग¥यो । यो पक्ष सकारात्मक हुनसक्छ ।’

सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाउनु भयो ।