२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल नेदरल्यान्ड्ससँग पराजित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत नेदरल्यान्ड्सले पोर्चुगललाई पराजित गरेको छ । आइतबार न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन एकमात्र निर्णायक गोल स्टेफानी भान डेर ग्राग्टले गरिन् । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेदरल्यान्ड्सले पोर्चुगलमाथि पूर्ण दबाब राखेपनि थप गोल भने गर्न सकेन ।

जितसँगै समूह ई मा रहेको नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । यता, पोर्चुगलले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।