२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस्तकमा महिलामाथि ‘अश्लील’ शब्दको प्रयोग, प्रकाशक भन्छन् – खै लेखकले किन लेख्नुभयो ?



अ+ अ-

काठमाडौँ । नेपाल वन सेवाअन्तर्गत गेम स्काउट र वन रक्षकका लागि प्रकाशित एक पुस्तकभित्र अश्लील सामग्री प्रकाशित गरिएको पाइएको छ ।

विद्या विकास पब्लिकेसन प्रा. लि.द्वारा प्रकाशित ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक’ भन्ने पुस्तकमा महिलामाथि अश्लील शब्द प्रयोग गरिएको छ ।

पुस्तकका लेखक राम एकवाल दासले वस्तुगत एउटा प्रश्नमा ‘केटीलाई किन भालु भनिएको होला ? ’ भन्ने प्रश्न राख्नुभएको छ । लेखकले उक्त प्रश्नको उत्तरमा चारवटा विकल्प प्रस्तुत गर्दै महिलालाई भालुसँग तुलना गर्नुभएको छ ।

विद्या विकास पब्लिकेसन प्रा. लि. का प्रकाशक बाबुराम आचार्यले के आधारमा लेखकले लेख्नुभयो त्यो आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

न्युजपोलारसँग उहाँले भन्नुभयो, “प्रकाशकलाई पुस्तकभित्रका सबै सामग्रीबारे थाहा हुँदैन । गलत नै हो कि जस्तो लाग्छ । यसबारे हामी लेखकसँग बुझ्छौँ ।”