२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठन: वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस



अ+ अ-

कोशी सरकारकाठमाडौँ । कोशी प्रदेश सरकार गठनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ ।

कोशी सरकार गठन असंवैधानिक भन्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार विपक्षीले लिखित जवाफ पेस गरेसँगै आजदेखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुखको समेत हस्ताक्षरमा गठन गरेको सरकार असंवैधानिक भन्दै एमालेले खारेजीको माग गरेको छ।