२७ कार्तिक २०८१, मंगलवार
,
Latest
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौँ घाइते राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने… सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृहमन्त्रालय भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठन: वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस



अ+ अ-

कोशी सरकारकाठमाडौँ । कोशी प्रदेश सरकार गठनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ ।

कोशी सरकार गठन असंवैधानिक भन्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार विपक्षीले लिखित जवाफ पेस गरेसँगै आजदेखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुखको समेत हस्ताक्षरमा गठन गरेको सरकार असंवैधानिक भन्दै एमालेले खारेजीको माग गरेको छ।