• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने

आईतबार चिनका उच्च अधिकारी आउदै-यस्तो छ भ्रमण तालीका



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने भ्रमणका लागि आईतबार नेपाल आउदै हुनुहुन्छ ।

नेकपा माओवादीकेन्द्रका महासचिब देब गुरुङको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका च्युनले राष्ट्रपति रामचन्द्र पौडेल देखी बिभिन्न दलका नेताहरु लाई भेट्ने कार्यक्रम रहेको छ । आईतबार १२ः१५ मा काठमाडौं उत्रेन र दिउसो राष्ट्रपति रामचन्द्र पौडेल संग भेट गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस- उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै

यसैगरी आईतबार नै कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का र माओबादीकेन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्ने कार्यक्रम रहेको छ । उहाँले आईतबार नै बिभिन्न दलका नेताहरु लाई होटल द्वारिकामा रात्रि भोजको आयोजना गर्नुहुने जनाईएको छ ।

सोमबार बिहान काग्रेस सभापति शेरबहादुर देउवा संग भेट गर्ने र त्यसपछि कलकीमा रहेको एलआरआई बिद्यालयमा पुग्ने कार्यक्रम तय भएको जनाईएको छ । सोमबार नै भक्तपुर दरबार क्षेत्रको अबलोकन गर्ने र समय मिले सम्म सिन्धुपाल्चोक जाने नभए सिन्धुपाल्चोकमा स्थानीय निकायका प्रतिनिधीहरु भिडियो कनफ्रेन्स गर्ने जनाईएको छ ।

च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरुका बारेमा जानकारी लिनुहुने पनि जनाईएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी ओलीसंग भेट गरेपछि च्युन चिन फर्कने कार्यक्रम रहेको जनाईएको छ ।