२५ श्रावण २०८३, सोमबार
,
Latest
आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईतबार चिनका उच्च अधिकारी आउदै-यस्तो छ भ्रमण तालीका



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने भ्रमणका लागि आईतबार नेपाल आउदै हुनुहुन्छ ।

नेकपा माओवादीकेन्द्रका महासचिब देब गुरुङको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका च्युनले राष्ट्रपति रामचन्द्र पौडेल देखी बिभिन्न दलका नेताहरु लाई भेट्ने कार्यक्रम रहेको छ । आईतबार १२ः१५ मा काठमाडौं उत्रेन र दिउसो राष्ट्रपति रामचन्द्र पौडेल संग भेट गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस- उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै

यसैगरी आईतबार नै कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का र माओबादीकेन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्ने कार्यक्रम रहेको छ । उहाँले आईतबार नै बिभिन्न दलका नेताहरु लाई होटल द्वारिकामा रात्रि भोजको आयोजना गर्नुहुने जनाईएको छ ।

सोमबार बिहान काग्रेस सभापति शेरबहादुर देउवा संग भेट गर्ने र त्यसपछि कलकीमा रहेको एलआरआई बिद्यालयमा पुग्ने कार्यक्रम तय भएको जनाईएको छ । सोमबार नै भक्तपुर दरबार क्षेत्रको अबलोकन गर्ने र समय मिले सम्म सिन्धुपाल्चोक जाने नभए सिन्धुपाल्चोकमा स्थानीय निकायका प्रतिनिधीहरु भिडियो कनफ्रेन्स गर्ने जनाईएको छ ।

च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरुका बारेमा जानकारी लिनुहुने पनि जनाईएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी ओलीसंग भेट गरेपछि च्युन चिन फर्कने कार्यक्रम रहेको जनाईएको छ ।