३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो अध्यक्ष बस्नेतविरुद्धको उजुरी



अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ ।

शनिबार बस्नेतसहित प्रेस सेन्टरका पदाधिकारी र मन्त्री श्रेष्ठबीच सहमतिपछि उजुरी फिर्ता भएको हो ।

‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गरेर भ्रमको खण्डन गर्ने र गलत सूचनाबाट पोस्ट भएकाले गल्ती महसुस गर्ने गरी सहमति भयो’, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए ।

बस्नेतले बुधबार साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । यसपछि बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो ।