२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिटन स्कुलका १९ विद्यार्थी भारत भ्रमणमा निस्के



अ+ अ-

काठमाण्डौ । सुविधानगर तिनकुनेको ट्रिटन सेकेण्डरी स्कुलका १९ विद्यार्थी र ४ जना शिक्षकको टोली शनिबार साताव्यापी भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली प्रस्थान गरेको छ ।

विद्यार्थी आदान प्रदान कार्यक्रम अन्र्तगत भारतको राजधानी नयाँदिल्लीको विकाशपुरीस्थित आदर्श पब्लिक स्कुलको मैत्रीपूर्ण निमन्त्रणामा ट्रिटन स्कुलको टोली भारत गएको हो ।

ट्रिटन सेकेण्डरी स्कुलका विद्यार्थीहरुको यो पहिलो औपचारिक भारत भ्रमण हो । ती विद्यार्थी नेपाल फर्केपछि नयाँ दल्लीको आदर्श पब्लिक स्कुलका शिक्षक र विद्यार्थी ट्रिटन स्कुलमा आउने कार्यक्रम छ ।

को नेतृत्वमा भारत भ्रमणमा गएको टोलीमा भाइस प्रिन्सिपल सुजित तामाङ्ग, अतिरिक्त कृयाकलाप संयोजक शिव गैरे (टिकाराम) तथा शिक्षिका मन्दिरा बुढाथोकी छन् ।

यसैगरि विद्यार्थीहरुमा सायना धौगोडा, अनुस्का साह, विद्या आचार्य, डिसुजा चौधरी, आर्या खड्का, सनाया कर्ण, अनिशा शिवभक्ति, उपासना थापा, आस्था साह, प्रतिक्षा श्रेष्ठ, प्रतिक्षा घिमिरे, अद्धत्ता धौगोडा, सुहाना श्रेष्ठ, आर्या खत्री, अंकिता चौलागाई, कृष्ण चौहान, अद्धविक धौगोडा, आयुष श्रेष्ठ र मुकेश कुँवर छन् ।

सप्ताहव्यापी शैक्षिक आदान प्रदान कार्यक्रममा भारत गएका विद्यार्थीहरुले नयाँ दिल्लीमा नेपालको सांस्कृतिक परम्परा झल्किने प्रदर्शन गर्नुका साथै त्यहाँको शैक्षिक तथा अध्यापन पद्धतिबारे अध्ययन गर्नेछन् ।

भारत बसाईका क्रममा नेपाली विद्यार्थीहरुलाई नयाँ दिल्लीको साथै नजिकका शहरहरु घुमाउने कार्यक्रम पनि रहेको बताइएको छ ।भारततर्फ जान लागेका विद्यार्थीहरुलाई शनिबार विहान आयोजित विदाई समारोहमा विद्यार्थीका अभिभावक र शिक्षकहरुले टिका लगाएर सगुन दिएका थिए ।