२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

गोली हानेर एक युवकको हत्या

गोली हानेर एक युवकको हत्या
अ अ+ अ-

सुनसरी  । सुनसरीको इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ ।

हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जङ्गलको छेउमा बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सेउती पुलको बीचबाट जङ्गलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।

घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । रासस