४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ: प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ: प्रहरी महानिरीक्षक कुँवर
अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी रहेको बताउनु भएको छ ।

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यक्ता रहेको उहाँको तर्क थियो ।

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल: अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नु भयो । उहाँले द्वन्द्वपछिको संक्रमणकालिन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो । प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुंगा सावित हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आफ्नो स्थापना कालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक संघर्ष र परिवर्तनको साँची रहेको छ । यी परिवर्तनहरुले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नु पर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ ।’

‘विशेषत: द्वन्द्व उप्रान्त संक्रमणकालिन समाजमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नु परिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयबस्तुलाई केवल सुरक्षाको निकायको दृष्टिकोणले मात्र सिमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ । जुन कुराको उठान यस पुस्तकमा भएको मैले पाएको छु । यस पुस्तकको स्रोतबाट प्राप्त भएको जुन निष्कर्ष छ । यसको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणको लागि यसले कोशेढुंगा सावित हुने कुरा पनि मैले विश्वास लिएको छु ।’

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राख्नु भएको थियो ।