२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा र ठूलो दल भएको अनुभूति दिन सकिएन: केन्द्रीय सदस्य सत्तार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले ठूलो दल र सरकारमा कांग्रेस भएको अनुभूति जनतालाई दिन नसकिएको बताउनुभएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणाा राख्दै उहाँले कांग्रेसले जनतामा के लिएर जाने भन्ने कुरा नै अन्योल रहेको बताउनुभयो । “जनताको के लिएर जाने भन्ने कुरा महामन्त्रीको प्रतिबेदनमा पनि आएन”, उहाँले भन्नुभयो, “गठबन्धनको सरकारमा पनि छौँ, ठूलो दल पनि हौँ तर जनतासँग भने जोडिन सकेनौँ, अनुभुति दिलाउन सकेनौँ ,यही अवस्था रहे २०८४ को निर्वाचन कस्तो होला रु”

केन्द्रीय सदस्य सत्तारले अनुशासन समिति पनि प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नेताका मान्छे परे माफी, फेरि पार्टीमा जिम्मेवारी । अरुलाई मात्र किन कारबाही सबैलाई फुकुवा गरे भइहाल्छ नि । पार्टीका दिग्गज नेताहरु हार्ने बिपी भवनमा निवदेन दिएको भरमा कारबाही फिर्ता लिने हो भने सानेपा नै किन आउनु पर्यो र जता निवेदन दिए भइहाल्यो नि ।”

उहाँले हाल पार्टीभित्र रुपान्तरण कुरा उठेकोमा पनि असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “रुपान्तरण भनेको के हो रु यसले कांग्रेसलाई कहाँ पुर्याउँछ रु अहिलेको अवस्थामा रुपान्तरण आत्मघाती पनि हुन सक्छ ।
व्यक्ति केन्द्रीत रुपान्तरणले परिवर्तन हुँदैन, त्यो आफ्नो लागि मात्र हो कि अरुका लागि पनि हो नेतृत्वले स्पष्ट पार्नुपर्छ ।”