२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा र ठूलो दल भएको अनुभूति दिन सकिएन: केन्द्रीय सदस्य सत्तार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले ठूलो दल र सरकारमा कांग्रेस भएको अनुभूति जनतालाई दिन नसकिएको बताउनुभएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणाा राख्दै उहाँले कांग्रेसले जनतामा के लिएर जाने भन्ने कुरा नै अन्योल रहेको बताउनुभयो । “जनताको के लिएर जाने भन्ने कुरा महामन्त्रीको प्रतिबेदनमा पनि आएन”, उहाँले भन्नुभयो, “गठबन्धनको सरकारमा पनि छौँ, ठूलो दल पनि हौँ तर जनतासँग भने जोडिन सकेनौँ, अनुभुति दिलाउन सकेनौँ ,यही अवस्था रहे २०८४ को निर्वाचन कस्तो होला रु”

केन्द्रीय सदस्य सत्तारले अनुशासन समिति पनि प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नेताका मान्छे परे माफी, फेरि पार्टीमा जिम्मेवारी । अरुलाई मात्र किन कारबाही सबैलाई फुकुवा गरे भइहाल्छ नि । पार्टीका दिग्गज नेताहरु हार्ने बिपी भवनमा निवदेन दिएको भरमा कारबाही फिर्ता लिने हो भने सानेपा नै किन आउनु पर्यो र जता निवेदन दिए भइहाल्यो नि ।”

उहाँले हाल पार्टीभित्र रुपान्तरण कुरा उठेकोमा पनि असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “रुपान्तरण भनेको के हो रु यसले कांग्रेसलाई कहाँ पुर्याउँछ रु अहिलेको अवस्थामा रुपान्तरण आत्मघाती पनि हुन सक्छ ।
व्यक्ति केन्द्रीत रुपान्तरणले परिवर्तन हुँदैन, त्यो आफ्नो लागि मात्र हो कि अरुका लागि पनि हो नेतृत्वले स्पष्ट पार्नुपर्छ ।”