२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

दिनदिनै गाजर र पालुंगोको रस एक गिलास खानुहोस्, हुनेछन् यस्ता फाइदा

दिनदिनै गाजर र पालुंगोको रस एक गिलास खानुहोस्, हुनेछन् यस्ता फाइदा
अ अ+ अ-

काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् स्

गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।

जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।

दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।

क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।

इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ ।

एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।

गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।

चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।

दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ ।

चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।