• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा साउन २ गतेदेखि जारी बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बैठक बस्दैछ ।

बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए । उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।