२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 2.57

Humidity: 50

Latest
राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ काठमाडौंमा लामो समयपछि वर्षा भएसँगै प्रदूषणबाट राहत संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ आयोगको प्रतिवेदन लुकाएर ऐन निर्माणलाई पर धकेलिएको रास्वपा शिक्षा विभागको दाबी बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष मृत भेटिए सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियोः अध्यक्ष थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।

बिहीबार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने भोलि म्याद थप गरिने जनाइएको छ । दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।