• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

सुन तस्करी प्रकरण: विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल छोडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

चुवान तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताईएको छ ।

विभागले बुधबार साँझ भन्सार पास गरेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा सुन जडित ब्रेक सु बरामद गरेको थियो।