२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघारौं महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख सदस्य पुर्याउने संकल्प गरेको छ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनसम्ममा १० लाख सदस्य बनाउने संकल्प रहेको उल्लेख गरेका हुन्न् ।

अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको बक्तव्यमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’।

दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको जनाएको थियो । तर त्यो संख्या वास्तविक नरहेकोले यसपटक नयाँ नीतिसहित नवीकरण गरिएको बक्तव्यमा लेखिएको छ ।

‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्कृय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकांक्षीहरुबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरुको शुल्क तिरिने, दबाव दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरुका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो । तर यसपटक योग्य सदस्यहरुको मात्रै नवीकरण भएको अधिकारीले प्रष्टोक्ति दिएका छन् ।’, बक्तव्यमा भनिएको छ ।