३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिज्यू, म गुटको सिकार भएँ– कांग्रेसका केन्द्रीय सदस्य शाह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले आफू गुटको सिकार भएको गुनासो गरेका छन्।

बिहीबारको केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले पार्टी पदाधिकारीहरू नै गुट बनाउने गरेको र त्यसको प्रत्यक्ष सिकार जनता र कार्यकर्ता सँगसँगै आफूसमेत भएको गुनासो पोखे।

‘पदाधिकारी नै गुट बनाउँछन्, यसको सिकार हामीजस्ता परिरहेका छौं। सभापतिज्यू, म प्रत्यक्ष सिकार भएँ । घरभित्र देखिएका विवाद त्यहीँ मिलाउन हामी सफल भयौं। जाजरकोटमा जस्तै अन्यत्र पनि यस्तै भइरहेको भए गुटको सिकास हुनुपर्थ्यो?,’ उनले थपे, ‘हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं? संसदीय दल नेता लड्छु भन्दा मैले नेताहरूबाट कस्तो व्यवहार पाएँ? कहिलेसम्म गुटको सिकार हुने? जिम्मेवार नेताको व्यवहार हामीले कहिलेसम्म सहने?’ ।