२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

सङ्क्रमितलाई  पौष्टिक आहार र स्वास्थ्य सामग्री

सङ्क्रमितलाई  पौष्टिक आहार र स्वास्थ्य सामग्री
अ अ+ अ-

दमौली । विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुग्नुभएको छ । बन्दीपुर–२ र ३ का ३५ घरमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मास्क र केही औषधि वितरण गरेको उहाँले जानकारी दिनुभयो । “सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हौसला बढाउन घरदैलो गरिएको हो”, उहाँले भन्नुभयो, “सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।”

बन्दीपुर–३ रामकोटका सङ्क्रमित विकास निर्माण कार्यमा सहभागी भएका छन् । चार सङ्क्रमित घरबासको प्रवेशद्वार निर्माणमा खटिएका छन् । स्वास्थ्य मापदण्ड अपनाई दूरी कायम गरी उनीहरु विकास निर्माणका काममा खटिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका–८ ले  सङ्क्रमितलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेको छ । सङ्क्रमितलाई हौसला बढाउन र स्वास्थ्य अवस्था बुझ्न वडाले घरमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो । 

स्वास्थ्यकर्मी, टोलका अध्यक्षको सहभागितामा होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई स्वास्थ्य अवस्था बुझ्दै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, मास्क, स्यानिटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोभ्स, प्यारासिटामोलका साथै हर्लिक्स, जुस प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

होम आइसोलेशनका लागि राज्यले तोकेको न्यूनतम मापदण्डसमेत पु¥याउन नसक्दा पनि जनता आफैँ स्थानीय स्रोतसाधन प्रयोग गरेर बसेको उहाँले बताउनुभयो । “छिमेकी र समाजले हेयको नजरले हेरेको बेला जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी पुगेर हौसला प्रदान गर्दा उहाँहरुले खुशी व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो । यस वडामा १० जना सङ्क्रमित होम आइसोलेशनमा छन् । 

यसैगरी जिल्लाको देवघाट गाउँपालिकाभित्र सङ्क्रमित भएकाको हौसला बढाउन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले घरदैलो अभियान शुरुआत गर्नुभएको छ । सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका सर्वसाधारणको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको  उहाँले बताउनुभयो । “होम आइसोलेशनमा रहँदा स्वास्थ्य अवस्था के कस्तो छ भन्ने जानकारी लिन घरघरमै पुग्ने अभियान शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले सङ्क्रमितको हौसला बढाउन पनि सहयोग पुग्ने विश्वास लिएको छु ।” घरदैलोमा पुग्दा सङ्क्रमितलाई आवश्यक स्वास्थ्य सामग्रीसमेत प्रदान गर्ने गरिएको छ । सामाजिक दूरी कायम गरी सङ्क्रमितलाई भेट्ने गरिएको छ । 

देवघाटमा हाल १२ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये देवघाट –५ मा १०, देवघाट–१ र २ मा एक÷एक जना छन् । सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । 

देवघाटलाई कोरोनाबाट सुरक्षित राख्न विभिन्न प्रवेश नाकामा अनावश्यक रुपमा आवतजावत गर्नेलाई प्रवेश निषेध गरिएको छ । देवघाट–५ भित्र धार्मिक तथा पर्यटकीय देवघाटधाम रहेको र तीर्थालुको आवतजावत हुन सक्ने भएकाले सम्भावित प्रवेश नाकाहरुमा कडाइ गरिएको वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिनुभयो । 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो गरेको छ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितको हौसला बढाउन र स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले घरदैलो गरेको हो । 

गाउँपालिकाका अध्यक्ष थापा, स्वास्थ्य शाखाप्रमुख उपाध्याय, वडा नं ३ का सदस्य दिनेश केसी लगायतको टोलीले सङ्क्रमितलाई दूरी कायम गरी भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । (रासस, कृष्ण न्यौपाने)