२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोर कोरिडोर निर्माण स्थगित, चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी



अ+ अ-

फुङ्लिङ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित  भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । 

कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थागित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ । 

चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी

तमोर कारिडरले छिमेकी दुई देश चीन र भारतलाई जोड्ने छ । यस करिडोरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । अब कडा पहाड खोल्नु पर्ने धेरै कार्य नभएको कम्पनीका प्रतिनिधि लामिछानेले बताए ।

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म ४ किलोमिटर दूरी  ट्र्याक खुल्न बाँकी रहेको हो । 

सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इलाडाँडामा क्षेत्रमा पुगेर रोकिएको हो । तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडलले बताए । 

चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडकखण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण शुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।