२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको जंगलमा भेटिए २५ म्याग्जिनसहित ९ सयबढी राउन्ड गोली



अ+ अ-

रोल्पा । रोल्पाको जंगलमा एसएमजीमा प्रयोग हुने नौ सय ७० राउन्ड गोली फेला परेको छ । त्रिवेणी गाउँपालिका २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेका हुन्।

प्रहरीका अनुसार एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन भेटिएको जनाएको छ । 

त्यस्तै एके ४७ मा प्रयोग हुने  गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए। स्थानीयको सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको थियो । 

उक्त क्षेत्रमा नेपाली सेनाको बटुक दल गणको दहवनस्थित गुल्मको टोलीले थप खोज तथा अनुसन्धान जारी राखेको डिएसपी सुवेदीले बताए।

गत वर्षमात्रै त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे बम विष्फोट हुँदा बाख्रा गोठाला गएका  ४ बालकको मृत्यु भएको थियो।