काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई गन्तव्य नपुर्याउने बताएका छन् । एमाले फुट्नबाट जोगाउन सक्रिय योगेशले कारवाही नगर्न सुझाएका हुन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनमा हस्ताक्षर गरेको भन्दै अध्यक्ष ओलीले माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
भट्टराईले कारवाही भन्दा पनि धैर्य गरेर सम्वाद गर्न पनि दुबै नेतालाई सुझाएका छन् । ओली कारवाहीबाट र माधव नेपाल नयाँ पार्टी खोल्नबाट ब्याक हुनुपर्ने योगेशको सुझाव छ ।
उनले भनेका छन्, ‘आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।’











