२३ असार २०८३, मंगलवार
,
Latest
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनले राखे सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने माग



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गर्दै विपक्षी गठबन्धनले रिटको मस्यौदा तयार पारेका छन् । जसका लागि विपक्षी गठबन्धनका सासंदहरुले हस्ताक्षर संकलन प्रक्रिया थालिसकेका छन् । 

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने उनीहरुको माग छ । 

अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको र सबै सांसदको नागरिकता,सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको बताइएको छ ।

यस्तै एमालेको माधव नेपाल पक्षका केही सांसद बानेश्वरमा हस्ताक्षरका लागि पुगिसकेको स्रोतले बताएको छ ।