काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’को अर्थ विपक्षी दलहरुले गलत प्रयोग गरेको बताउनुभयो । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अर्थै नबुझी 'कू' गरेको आरोप लगाएको प्रतिप्रश्न गर्नु भएको हो ।
उहाँले विपक्षी दलहरुलाई प्रश्न गर्दै, 'दलीय पद्धतिमा दलीय अनुशासनको महत्व हुन्छ । दल छोड्ने अर्का दल खोल्ने अनुचित छ । एउटै दलमा बसेर गर्ने ? आफूले भनेजस्तो भएन भने प्रतिगमन भन्ने, 'कू' भन्ने ? 'कू' भनेको के हो ? बुझ्नु भएको छ साथीहरुले ?', प्रश्न गरे, 'बर्मा जस्तै भएको छ ? संविधान अनुसार अगाडि बढ्दा 'कू' हुन्छ ? लोकतान्त्रिक पद्धतिमा अघि बढ्दा कू हुन्छ ?'
उहाँले संसदको मौजुदा गणित र मुलुकको आवश्यकता मेल नखाँदा संसद विघटन गर्नु परेको बताउनुभयो ।
राजनीतिक संस्कारहरू तोडिएको भन्दै संसद पनि सत्ताको लागि जे पनि गर्ने तर्फ अगाडि गएको उहाँले बताउनुभयो।











