• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सामुहिक बलात्कारको आरोपमा सप्तरीबाट ४ जना पक्राउ



जनकपुरधाम । प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

सप्तरी कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीलाई घरबाट उठाएर सामूहिक बलात्कार गर्ने कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार मध्य राति ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको उनीहरुले स्विकार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायले जनाए ।

आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार तीनजना र मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले बताए । यस घटनका मुख्य योजनाकार ४१ वर्षीय कैलाश पोखरेल रहेका र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।