२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुहिक बलात्कारको आरोपमा सप्तरीबाट ४ जना पक्राउ



अ+ अ-

जनकपुरधाम । प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

सप्तरी कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीलाई घरबाट उठाएर सामूहिक बलात्कार गर्ने कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार मध्य राति ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको उनीहरुले स्विकार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायले जनाए ।

आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार तीनजना र मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले बताए । यस घटनका मुख्य योजनाकार ४१ वर्षीय कैलाश पोखरेल रहेका र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।