• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, बुधबार बिहान ११ बजे बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा आजबाट सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।महामन्त्री थापाले हेरक दुईरदुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । भोलि बिहान ११ बजे बस्ने गरि बैठक सकिएको छ ।