२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मियामीमा मेसीले १० नम्बर जर्सी लगाउने



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा १० नम्बर जर्सीमा देख्न पाइने भएको छ ।

क्लबले करिब २० हजार दर्शकमाझ मेसीलाई सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै मेसीले भने ‘म प्रतिस्पर्धाका लागि प्रशिक्षण सुरु गर्न चाहन्छु । प्रतिस्पर्धा गर्न, उपाधि जित्न र क्लबलाई विकास गर्ने चाहना मेरो यहाँ पनि कायमै रहने छ ।’

यसअघि दुई दशक स्पेनिस क्लब बार्सिलोनामा बिताएपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध हुँदा मेसीले त्यहाँ ३० नम्बरको जर्सी लगाएका थिए । त्यसअघि उनले बार्सिलोनामा १० नम्बर जर्सी लगाएका थिए ।

मेसीलाई इन्टर मियामीले सार्वजनिक गर्दा ‘अमेरिकाको नम्बर १०, विश्वको सर्वोत्कृष्ट नम्बर १०’ भनेर अंकित गरिएको थियो ।