• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

इन्टर मियामीमा मेसीले १० नम्बर जर्सी लगाउने



एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा १० नम्बर जर्सीमा देख्न पाइने भएको छ ।

क्लबले करिब २० हजार दर्शकमाझ मेसीलाई सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै मेसीले भने ‘म प्रतिस्पर्धाका लागि प्रशिक्षण सुरु गर्न चाहन्छु । प्रतिस्पर्धा गर्न, उपाधि जित्न र क्लबलाई विकास गर्ने चाहना मेरो यहाँ पनि कायमै रहने छ ।’

यसअघि दुई दशक स्पेनिस क्लब बार्सिलोनामा बिताएपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध हुँदा मेसीले त्यहाँ ३० नम्बरको जर्सी लगाएका थिए । त्यसअघि उनले बार्सिलोनामा १० नम्बर जर्सी लगाएका थिए ।

मेसीलाई इन्टर मियामीले सार्वजनिक गर्दा ‘अमेरिकाको नम्बर १०, विश्वको सर्वोत्कृष्ट नम्बर १०’ भनेर अंकित गरिएको थियो ।