१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक: घरघर जाउँ, पार्टी सदस्य बनाउँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सदस्यता वृद्धि गर्ने उद्देश्यले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान सुरु गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यही साउन २० गतेदेखि २०८१ असार ३१ सम्म ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने प्रस्ताव राख्नुभएको हो ।

उहाँका अनुसार कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।

विसं २०७८ मंसिर–पुसमा भएको १४ औँ महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

महामन्त्री थापाले उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने र भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्ने जानकारी दिनुभयो । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको भन्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।