१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक: घरघर जाउँ, पार्टी सदस्य बनाउँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सदस्यता वृद्धि गर्ने उद्देश्यले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान सुरु गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यही साउन २० गतेदेखि २०८१ असार ३१ सम्म ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने प्रस्ताव राख्नुभएको हो ।

उहाँका अनुसार कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।

विसं २०७८ मंसिर–पुसमा भएको १४ औँ महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

महामन्त्री थापाले उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने र भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्ने जानकारी दिनुभयो । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको भन्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।