३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कल्भर्ट भत्किँदा आवागमन ठप्प
अ+ अ-

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो ।

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।

“कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भन्नुभयो, “कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ ।” सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

“सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो”, स्थानीय गगनबहादुर साहुले भन्नुभयो, “नाली भएकै ठाउँबाट कल्भर्ट भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन ।” तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ मा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भई विसं २०५८ मा सम्पन्न भएको बताउनुहुन्छ ।

“कल्भर्ट निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियो”, उहाँले भन्नुभयो, “भत्किँदा केही महिना कल्भर्ट निर्माणकार्य रोकियो, बजेट थप गरेर पुल पुन:निर्माण गरिएको हो ।”

उहाँका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट रु १२ लाखको लागतमा बनाएको थियो । “पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएन”, उहाँले भन्नुभयो, “इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहँुदा भत्किएको छ ।” नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।

स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् ।

नगरप्रमुख रणबहादुर महराले बहुवर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माणकार्य गरिने बताउनुभयो । “वर्षात्को समय भएकाले तत्काल कल्भर्ट निर्माणकार्य गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिहेका थियौँ, त्यही बेला पुल भत्किएको छ ।” स्थानीय बासिन्दालाई आवतजावतका लागि वैकल्पिक व्यवस्था गरिने उहाँको भनाइ छ ।रासस