२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो ।

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए ।

भालेश्वर महादेवमा आज चन्द्रागिरि केवलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए । आज साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो । फोटो -रासस